२०५८ सालमा जिल्ला विकास समतिको पि.डि.डि.पि. LDF मार्फत गाउँ विकास कार्यक्रम संचालन भयो । कार्यक्रम संचालनका क्रममा महेन्द्रज्योति गा.वि.स.भित्रका सबै वडाहरुमा महिला तथा पुरुषहरु सम्मिलित भई ३८ वटा समूहहरु निर्माण भए र रु. ५÷१० बचत संकलन गरी बचत गर्नु पर्छ भन्ने बानिको विकास सँगै ०६३ को अन्त्य तथा ०६४ को सुरुमा जिल्ला विकास समितिले उक्त कार्यक्रमबाट हात झिकी गाउँको कार्यक्रम गाउँमै जिम्मा लगाउने निर्णय गर्यो । तत्पश्चात ०६४ श्रावण १२ गते गाउँमा संचालित कार्यक्रमका अगुवा, समूहहरुका अध्यक्ष र मेनेजर तथा अन्य व्यक्तिहरुको भेलाले गाउँमा एउटा बहुउद्देश्यीय प्रकृतिको सहकारी संस्थाको स्थापना गर्ने निर्णय ग¥यो र सोही भेला प्रारम्भिक भेलाको रुपमा स्थापित भयो ।
उक्त प्रारम्भिक भेलाले संस्थाको नामाकरण सहित विनियम तयार गर्ने र दर्ता लगायतका सम्पूर्ण कार्य गर्ने गरी २५ जना संस्थापक सदस्यहरुबाट श्री नवराज थापा ज्यूको अध्यक्षतामा प्रारम्भिक संचालक समिति गठन भई श्री बासडोल सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लि. नामाकरण सहित महेन्द्रज्योति गा.वि.स. भित्र कार्यक्षेत्र रहने गरी डिभिजन सहकारी कार्यालय धुलिखेलमा मिति २०६४ भाद्र ४ गतेका दिन दर्ता नं.९६३÷०६४ रहने गरी विधिवत रुपमा दर्ता प्रमाण पत्र लिई यो संस्थाको स्थापना भयो ।
शेयर सदस्यहरुको माया, विश्वास र भरोसाले संस्था आजको यो अवस्थामा पुग्न सफल भएको छ ।शेयर सदस्यहरुमाझ अझ बढी गुणात्मक सेवा सुविधाहरु प्रदान गर्न सक्ने गरी उत्कृष्ट सहकारीको रुपमा परिचित हुनका लागि निरन्तर यहाँहरुको साथ र सहयोगको अपेक्षा राख्दै हातेमालो गर्दै अगाडी बढ्ने छौँ ।